मङ्ल, बैशाख २२, २०८३

गृहमन्त्री लामिछानेविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालत सुनुवाइ भइरहेको छ।

यही असार सात गते निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए। गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा १८ असारमा फेरि सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैको आदेश गरेको थियो।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार