विराटनगर । उच्च अदालत विराटनगरले १५ भदौ २०८१ मा भएको फैसलाको पूर्णपाठ केही दिनअघि मात्रै सार्वजनिक भयो । सिद्धबाबा भनिने विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरीलाई बलात्कारको आरोपबाट सफाइ दियो ।
पीडितहरूको आरोप छ,सरकारी वकिलको कार्यालय सर्वोच्च जानका लागि महान्यायाधीवक्ता कार्यालयमा राय पठाउन मानेको छैन ।
पीडितहरूको आरोप छ, उच्च अदालत विराटनगरको पूर्णपाठ आएपछि दबाब आइरहेको छ हामी लड्न तयार हुँदाहुँदै सरकारी वकिल समूह आनाकानी गर्न खोज्दैछ भन्दै पीडित परिवार बताउँछन् । सरकारी वकिलको कार्यालयलाई सर्वोच्च जान रोक्नका लागि चलखेल भएको भन्दै महान्यायधिवक्ताको कार्यालय पुगेका थिए पीडितहरू तर महान्यायधिवक्तालाई उनीहरूले भेट्न पाएनन् ।

