मङ्ल, बैशाख २२, २०८३

व्यवसायीमाथि खुकुरी प्रहार गरी फरार भएका व्यक्तिले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-९ छेडामा एक व्यवसायीमाथि खुकुरी प्रहार गरी फरार भएका व्यक्तिले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

आत्मसपर्मण गर्नेमा ललितपुरकै भैसेपाटी घर भएका बाबा भनेर चिनिने राजेश केसी छन् । आत्मसर्मपण गरेका केसीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।

केसीले खुकुरी प्रहार गर्दा मनोज बाँनिया घाइते भएका थिए । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहको छ ।

बाँनियाले छेडामा बतासे कटेज बनाउँदै थिए । सोही क्रममा ७ असारमा उनीमाथि खुकुरी प्रहार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार