मङ्ल, बैशाख २२, २०८३

बोरा बोकेर ३२ पुरुष र ५ महिला मध्यराति विमानस्थलबाट बाहिरिए

काठमाडौं । फर्कायो ३७ नेपालीलाई अमेरिकाले । अध्यागमन कानुन उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपालीहरु गएराति अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याएर छाडेको हो । उनीहरुलाई हत्कडी लगाइएको थियो कि थिएन भन्ने खुलेको छैन ।
नेपालीहरु बोरा बोकेर आइतबार मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका थिए । कतिपय रित्तो हात फर्किएका थिए । सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार