२० भदौ,काठमाडौं;नेपाल सुपर लिगका लागि असोज कात्तिकको मिति छुट्याएपनि हुने सम्भावना न्यून छ । त्यसैले खेलाडीहरु पलायन हुने समस्या पनि उस्तै छ ।अहिले एन्फाले एन्फा महिला लिग सुरु गरेपनि त्यसले आवश्यक चर्चा पाउन सकको छैन ।
केही समयअघि नेपालमा साफ यू२० च्याम्पियनसिप आयोजना भएको थियो जसमा नेपाल उपविजेता बन्यो ।
यही सेप्टेम्बरमा भुटानमा साफ यू१७ च्याम्पियनसिप हुँदैछ ।
नेपालको एपीएफ क्लबले केही समयअघि एएपसी वुमन्स च्याम्पियन्स लिग खेल्दै इतिहास बनाएपनि प्रारम्भिक चरणबाट बाहिरियो । अब अक्टोबरमा काठमाडौंमा साफ वुमन्स च्याम्पियनसिप हुने तालिका छ ।
महिला फुटबल गतिविधि भइरहँदा पुरुषतर्फ भने न राष्ट्रिय टिमको खेल छ न त बी डिभिजन ए डिभिजन लिग हुने टुंगो छ ।

