ए.एफ.सी. एसियन कप छनोट खेलेर लाओससँग प्रतिस्पर्धा गरेको नेपाली टिम गएराति काठमाडौं आइपुगेको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले लाओससँग पहिलो पटक हार दुई–एक गोलले बेहोरेको हो। छनोट चरणमा नेपाल अझै जीतविहीन छ। लाओससँग प्रतिस्पर्धा गर्नुअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको र हङकङलाई गोल रहित बराबरीमा रोकेपछि लाओससँग अंक लिने अनुमान गरिए पनि हार टार्न सकेन।

