काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोप नलागेको र प्रतिपक्षी दलले छानबिन नगरेको अवस्थामा असम्भव माग राखेर सदन अवरोध गर्न नहुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको बताउनुभएको छ । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नुपर्दैन , विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले खेल क्षेत्रले हरेक मानिसलाई जोड्ने र क्रियाशीलता बढाउने बताउँदै हाफ म्याराथनको आयोजनाका लागि कान्तिपुरलाई धन्यवाद दिनुभयो ।

