काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। सोमबार मध्यराति नेकपा एमालेले कांग्रेससँग गरेको समझदारीपछि माओवादीको आकस्मिक बैठक बसेका हो।
बैठकमा अबको रणनीति तय हुने बताइएको छ। माओवादी बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओली पनि बालुवाटार पुगेका थिए।
उनले प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकार बनाउन लागेको भन्दै त्यसमा संलग्न हुन पनि आग्रह गरेका छन्।
यसअघि आइतबार र सोमबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच लगातार छलफल चलिरहेको थियो। छलफलकैबीचमा एमालेले कांग्रेससँग गरेको सहकार्यले माओवादी केन्द्र के गर्ने भन्ने अन्योलमा छ ।
सोमबार मध्यराती सवा १२ बजे कांग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएको थियो ।

