काठमाडौं । नेसपाका अध्यक्ष नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित गर्दै सबैलाई सधैंभरी ठग्न सकिन्न भन्ने टिप्पणी गरेका छन् ।
सत्ता फेरिएको कुरामा प्रचण्डलाई घुमाउरो प्रहार गर्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन, ‘चर्चित भनाइ छ – केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौं १’
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र गोरखा २ छाडेका भट्टराईले पछिल्लो समय प्रचण्डको आलोचनामा खर्चिरहेका छन् ।
चर्चित भनाइ छ – ‘केहीलाई सधैंभरी ठग्न सकिन्छ; सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’
सन्दर्भ बुझौं !— Baburam Bhattarai (@brb1954) July 2, 2024

