मङ्ल, बैशाख २२, २०८३

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति,दाहाल नेतृत्वको सरकार ढल्ने पक्का पक्की

काठमाडौं। नेकपा एमालेले कांग्रेससँग सहमतिमा नयाँ सरकार बनाउने हस्ताक्षर भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार ढल्ने पक्का पक्की भएको छ । कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
सोमबार राति अबेर दुई दलबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सोमबार राति नै दुवै दलका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए । उनी रातको १ बजेसम्म शितलनिवासमा बसेर नयाँ सरकार गठनको प्रक्रियाबारे विमर्श गरेका थिए ।

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता सहकार्यबारे सोमबार नै ओलीनिकट व्यवसायी पाइलट रामेश्वर थापाको चपली हाईटस्थित् निवासमा सहमति भएपनि उक्त सहमतिपत्र आज मंगलबारमात्रै सार्वजनिक गरिने कांग्रेस एक नेताले जानकारी दिए । मंगलबार विहानै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेर नयाँ राजनीतिक परिस्थितिको बारेमा जानकारी गराउने छन् । बालुवाटारमा दाहालसँगको भेटवार्तापछि ओलीले अहिले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन लगाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार