मङ्ल, बैशाख २२, २०८३

भौतिक पूर्वाधार मन्त्री महासेठ पुगे ओली निवास बालकोट

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्।

उनी केहीबेरअघि अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन्। अहिले बालकोटमा उनीबाहेक अन्य कोही मन्त्री नपुगेका ओलीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
‘उहाँ प्रायः सधैँ आइरहनुहुन्छ,’ ‘घटनाक्रम फेरिएकै कारण उहाँ आउनुभएको होइन, नियमित भेटघाट हो’स्रोतले भन्यो,

महासेठकै नेतृत्वमा एमालेले प्रचण्ड सरकारमा आफ्ना मन्त्री पठाएको थियो।

यद्यपि, ओलीले आफ्ना मन्त्रीहरूलाई मन्त्रिपरिषद् बैठक सकेर बालकोट आउन भनेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार