काठमाडौं । नेकपा एकीकृत समाजवादीको आगामी नेतृत्वका लागि माधव नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । बन्दसत्र जारी रहँदा भावी नेतृत्वका लागि नेपाल र भुसालबीच प्रतिस्पर्धा पक्का भएको हो ।
माधव नेपालले अध्यक्ष पद नछाड्ने भएपछि झलनाथ खनाल पक्षले भुसाललाई अघि सारेको हो । अनेरास्ववियूकी अध्यक्ष आरती लामाका अनुसार ‘जसको नीति उसकै नेतृत्व’का लागि भुसाल अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका हुन् ।
घनश्याम भुसाललाई माधव नेपालले महासचिवमै दोहोरिन प्रस्ताव गरेका छन् ।
समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदीले भने माधव नेपाल र झलनाथबीच सहमति भएरै खनाल अध्यक्ष मण्डलको अध्यक्ष बनेको भन्दै भुसाललाई उनको समर्थन नहुने दाबी गरे । तर, खनालनिकट नेताहरू भुसालको पक्षमा लागिसकेका छन् ।
नेकपा एसको आगामी नेतृत्वका लागि बुधबार निर्वाचन प्रक्रिया शुरू हुनेछ ।

