काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले फर्किएका छन् ।
उनलाई एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गरे । पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका एमाले नेता उपस्थित थिए ।
विजयकुमार गच्छदार नेतृत्वको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा रहेका देव पार्टीसँगै कांग्रेसमा समाहित भएका थिए।
कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधान सभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए । पार्टी प्रवेशसँगै देवले आफ्नो पुरानो बामपन्थी राजनीतिको पृष्ठभूमिबारे व्याख्या गरेका थिए । देव २०४९ सालमा एमालेबाटै राजनीति गरेका व्यक्ति हुन् ।
देवसँगै लोसपाका उपाध्यक्ष तथा संविधान सभा सदस्य अकवाल अहमद साह पनि एमाले प्रवेश गरेका छन् ।

