काठमाडौं । १०औं राष्ट्रिय महाधिवेशन गरिरहेको नेकपा एकीकृत समाजवादीमा सचिवसमेत रहेका नेता राजेन्द्र राईले फरक मतसहित पुरक प्रस्ताव ल्याएका छ्न ।
एकीकृत समाजवादीको जारी बन्दसत्रमा राईले आफ्नो फरक मतसहितको राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । नेतृत्वमा माधव नेपाल निविर्कल्प रहेको बताउँदै राईले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबाद ९जवज० लाई आत्मसाथ गर्दै राईले आफ्नो मत सार्वजनिक गरेका हुन् ।
सो पार्टीको महाधिवेशनमा पेस गर्ने एकीकृत दस्ताबेजमा जनताको बहुदलीय जनवाद (जबज) लाई छोडेर समाजवादी कार्यक्रम अघि सारे पनि राईको फरक मत जबजकै पक्षमा छ । उनले जबजको औचित्य समाप्त भैनसकेको दाबी गरेका छन् ।
‘मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद हो । हामी क्रान्तिकारी र सर्वहारा वर्गीय दृष्टिकोण अङ्गाल्छौँ । उदार लोकतन्त्रवादी विचार हाम्रो होइन । वैज्ञानिक समाजवादको विचार हो’, अध्यक्ष माधव नेपालले भन्ने गरेका छन् । सोही अनुसार अध्यक्ष नेपालले महाधिवेशनमा राजनीतिक दस्ताबेज पेस गर्दैछन् ।
पदाधिकारीविहीन पार्टी र संसदीय नेतृत्वबारे भिन्न मत राखेका राईले पहिचान सहितको संघीयताको पक्षमा एकीकृत समाजवादी उभिनुपर्ने लामो व्याख्या गरेका छन् । ‘फेरि पनि पहिचानको पक्षमा, न्यायको पक्षमा’ शीर्षक दिएर राईले एकीकृत समाजवादी पहिचानको पक्षमा उभिनुपर्ने धारणा राखेका छन् ।
“जबजका १४ वटा थप विशेषताहरू र जबजले विभिन्न विषय/शीर्षकमा अगाडि सारेका मान्यतामध्ये अहिले पनि र अझै पनि धेरैको सान्दर्भिकता समाप्त भएको छैन, पढे हुन्छ,” दस्तावेजमा राईले भनेका छन् ।
नेकपा एमाले हुँदा भएका राजनीतिक–सैद्धान्तिक निर्णयहरुलाई निरन्तरता दिइनुको अर्थ एकीकृत समाजवादी प्रष्ट पहिचानको पक्षमा रहेको राईले दाबी गरेका छन् ।
यसअघि पार्टी कमिटीमा भएको विचारको बहसमा पनि अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल वैज्ञानिक समाजवादमा एकमत देखिएका छन् । तीन नेता विचारको सवालमा एकमत भए पनि अध्यक्ष नेपाल निकट मानिने राईले किन फरक मत राख्न लागेका हुन् भन्ने अर्थपूर्ण छ ।
पार्टीको संगठनात्मक स्वरुप र सैद्धान्तिक तथा वैचारिक प्रस्तावप्रति भिन्न मत राखेर राईले ३२ पृष्ठ लामो दस्तावेज ल्याएका हुन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका राईले आफ्नो दस्तावेज मार्फत् संगठनात्मक स्वरुप परिवर्तनको प्रस्ताव गरेका छन् ।
यस्तो छ राईको फरक मतसहितको प्रतिवेदन

