काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । एक जना मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।
सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची थियो । बैठक सुरु भए लगतै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न उठाए ।
त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे ।

