काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
आज दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा १५ असारबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुनेछ ।
सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत्त तरङ्गित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो।
उक्त छलफल कुनै राजनीतिक फेरबदलका लागि हो कि भन्ने आशंका गरिएको छ । त्यस्तै, एमाले र माओवादीको सत्तासहयात्रामा केही चिसोपन आइरहेका आइतबार अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच समेत सिंहदरबारमा छलफल भएको थियो ।
।

