अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै एक नम्बर धनाढ्य इलोन मस्क केही समय अघिसम्म एक–अर्काको पर्याय जस्ता उनीहरु अहिले दुश्मन झैं भएका छन् । ट्रम्प र मस्क सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा एक-अर्का विरुद्ध आलोचना र गालीगलौजमा उत्रिएका छन् ।
मस्कको सम्बन्ध ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचनको अभियानबाट २०२४ मा गहिरिएको थियो । उनले ट्रम्पको रिपब्लिकन अभियानलाई करिब २५० मिलियन डलरको आर्थिक सहयोग गरे ।

