मङ्ल, बैशाख २२, २०८३

घुस लिएको आरोपमा असई रामअवतार यादव छानविनमा

विराटनगर । विराटनगर वडा प्रहरी कार्यालय केसलिया सी.आर.भीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामअवतार यादवलाई १३ हजार घुस लिएको आरोपमा उनी विरुद्ध छानविन समेत सुरु भएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको छ ।
आरोपित असई यादवले इन्द्रदेव यादवलाई नियन्त्रणमा लिएर राती दुई घण्टासम्म गाडीमा राखेर केशलिया नहरतिर लगेपछि १३ हजार घुस दिएर इन्द्रदेव छुटेको आरोप उनलाई छ ।
यावद अगाडीका सी.आर.भी. केशलियाका इन्चार्ज रुपेश सिंह समेत घुस लिएको भन्ने आरोपमा हटाइएका थिए । सिंहलाई हटाएर यादवलाई पठाउँदा समेत उस्तै प्रकृतिको घटना दोहोरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार