मङ्ल, बैशाख २२, २०८३

प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि सात बुँदे प्रतिबद्धता

२०८२ जेष्ठ १४ । प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि सात बुँदे प्रतिबद्धता कोहलपुर नगर क्षेत्रमा प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि सात बुँदे प्रतिबद्धता जारी गरिएको छ । रेष्टलेस डेभलप्मेण्ट, क्रियसन, युथ ईनोभेसन ल्याव, कोहलपुर नगरपालिका र बास नेपालका संयुक्त आयोजनामा कोहलपुरमा सम्पन्न प्लास्टिकजन्य फोहोरमैलाको असर बिषयक अभिमुखीकरण कार्यक्रममा सो प्रतिबद्धता जारी गरिएको हो ।
प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि नियमित रुपमा अभियान सञ्चालन गर्नुका साथै प्लाष्टिकजन्य झोलाको विकल्पको रुपमा बैकल्पिक व्यवस्था गर्नका लागि आवश्यक पहल गर्ने र प्लाष्टिकजन्य फोहरमैला व्यवस्थापनका लागि विषयविज्ञको उपस्थितीमा नगर स्तरिय विशेष प्रकारको तालिम, छलफल सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रतिबद्धता जारी गर्नेहरुमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, वडा नम्वर १ का वडाध्यक्ष बद्रि प्रसाद जैशी, वडा नम्वर २ का वडाध्यक्ष हरि कठायत, वडा नम्वर ८ का वडाध्यक्ष लाल बहादुर राना, वडा नम्वर ९ का वडाध्यक्ष उपेन्द्रनाथ योगी, वडा नम्वर ११ की वडाध्यक्ष कल्पना शर्मा, वडा नम्वर १२ का वडाध्यक्ष बिरेन्द्र कुमार शाह, वडा नम्वर १३ की वडाध्यक्ष डम्बर बहादुर खड्का, नगरपालिकाका बाताबरण शाखा प्रमुख बिर बहादुर थापा लगायत नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारहरू रहेका छन् । बास नेपालका अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले आ–आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै धारणा राखेका थिए ।
बाताबरण शाखा तथा नगर प्रहरी प्रमुख विरबहादुर थापाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनलाई केवल नगरपालिकाको जिम्मेवारी ठान्नु चुनौतीपूर्ण भएको उल्लेख गर्दै, दैनिक १२–१३ टन फोहोरमध्ये ७० प्रतिशत प्लास्टिकजन्य रहेको जानकारी दिए । कार्यक्रममा १५० बढि स्थानीयहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार