काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले कार्यसमितिको जेठ १४ गते बसेको बैठकले नयाँ कार्यसमिति चयनका लागि असार २८ गते शनिबार निर्वाचन गर्ने निर्णय गरेको छ।
काठमाडौं जिल्ला अदालत बारको सूचनामा भनिएको छ कि निर्वाचनमा सहभागी हुनका लागि सदस्यता नविकरण नगरेका बार सदस्यहरूले जेठ ३० गतेभित्र आफ्नो सदस्यता नविकरण गर्नुपर्नेछ । यसका लागि सम्बन्धित सदस्यहरूलाई समयमै प्रक्रिया पूरा गर्न बारका सचिवले अनुरोध गरेका छन्।

