मङ्ल, बैशाख २२, २०८३

मानगढ –३ स्थित खानेपानी आयोजनाको अध्यक्षमा लालमणी भट्टराई

विराटनगर । मानगढ –३ स्थित खानेपानी आयोजनाको अध्यक्षमा लालमणी भट्टराई निर्वाचित भएका छन् । विराट खानेपानी उपभोक्ता संस्थाले खानेपानी आयोजनाको गत जेठ १९ गते निर्वाचन भएको विवाद एकवर्षपछि पुनः निर्वाचन प्रक्रियाबाट टुङ्गिएको पनि छ ।
मानगढ निर्वाचनको विषयले एकवर्षसम्म विवाद हानाथापको अवस्था सिर्जना गरेको थियो । मानगढ खानेपानी आयोजना अन्तरगत ५ हजार ९ सय ८८ उपभोक्ता मतदाता रहेका थिए । कुल उपभोक्ताको ६६ प्रतिशत अर्थात ३ हजार ९६४ मत खसेको थियो ।

मतगणनाको अन्तिम परिणाममा अध्यक्ष भट्टराईले १ हजार ८८९ मत प्राप्त गरेका थिए । भट्टराईसँगै प्रतिस्पर्धी राम बहादुर घिमिरेले १ हजार १५४ मत प्राप्त गरे ।
तीनवटा प्यानल निर्वाचनमा होमिएको थिए । नेपाली काँग्रेस आवद्ध दुर्गा चापागाँई र नेकपा एमाले निकट प्यानल लालमणी भट्टराई , नेकपा एमाले प्यानलकै राम बहादुर घिमिरेको निर्वाचन परिणाम सार्वजानिक भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार