लियो जिल्ला परिषद ३२५ जे, नेपालले “Lead with Smile Service Camp and Leo Ride 2025” यहि मिती २०८२ जेठ १४ गते लियो जिल्लाको प्रवक्ता बिजय त्रिपाठीले हामीलाई जानकारी दिए अनूसार नुवाकोटको दुप्चेसोर गाउँपालिका–७ स्थित श्री धाडखर्क आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरूलाई करिब ३० हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्री वितरण गर्दैछ ।
उक्त कार्यक्रमलाई सफल बनाउन जिल्लाका Tailtwister लियो माधव तिमल्सिनाले दृश्टी टेलिभिजनलाई दिएको जानकारी अनूसार मोटरसाइकलमा लियो सवारी (Leo Ride) गर्दै सहभागी टोली यही आउदो बुधवार धाडखर्क तर्फ प्रस्थान गर्ने तयारी गरिएको छ।
जिल्ला अध्यक्ष लियो सबिन भट्टराईले सबै लियो सदस्यलाई एकताबद्ध भई सेवाभावका साथ सहभागी हुन आह्वान गरेका छन् । लियो परिषदले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले शिक्षा, स्वास्थ्य, र सामाजिक सचेतना फैलाउने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । ‘Lead with Smile’ पनि त्यही सेवा यात्राको एक उदाहरण हो।

