काठमाडौं । राप्रपा सहितका राजावादी समूहले तोकेको प्रदर्शन कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ । कार्यक्रममा घुसपैठ गर्न खोजेको आरोपमा राप्रपा नेता – कार्यकर्ताले ३ जनालाई समातेर प्रहरीको जिम्मा लगाए ।
राजतन्त्र नआउञ्जेल यो प्रदर्शन निरन्तर गरिरहने नेता कमल थापाले बताए । भोलि १२ बजे जम्मा भएर काठमाडौंका सबै शहरमा नारा जुलुस लगाउँदै, दिनको १ बजे सम्ममा माइतीघर मण्डला र विजुली बजार क्षेत्रमा आउनु होला । थापाले कार्यकर्तालाई आह्वान गर्दै भने ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यो कास्टिङ मात्र हो परिवर्तन नभएसम्म आन्दोलन निरन्तर हुने बताए ।

