काठमाडौं। राजसंस्था पुनस्थापनाका आन्दोलन भोलिबाट सुरु हुने ‘संयुक्त जनआन्दोलन’ को तयारीका लागि २५ हजारभन्दा बढी मानिसहरु उपत्यका भित्रिइसकेको दाबी संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दृस्टी टेलिभिजन सॅग वताउनू भएको छ ।
राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापना तथा संघीयता खारेजीको माग पुरा नभएसम्म सडक खाली नगर्ने राजावादी नेताहरु बताउँछन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ताले आन्दोलन शान्तिपूर्ण हुने र उपत्यका बाहिरबाट जनता काठमाडौं आउने क्रम जारी रहेको बताए ।

