मङ्ल, बैशाख २२, २०८३

मोरङमा ‘लागू औषध विरुद्धको कार्यशाला गोष्ठी’ सम्पन्न ।

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको आयोजना तथा कोशी प्रदेश सरकार, स्थानीय तह, बिराट टिचिङ अस्पताल लगायतका सरोकारवाला निकायहरुको सहकार्यमा लागू औषध तथा मदिरा दुर्व्यसनको नियन्त्रण र रोकथाम कार्यक्रम जनचेतना फैलाउने उद्देश्यले ‘लागू औषध विरुद्धको कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ ।
विराटनगर जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा कार्यशाला गोष्ठी सम्पन्न भएको थियो । बिराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालको सभाहलमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार गत वर्ष मात्रै कोशी प्रदेशभर लागू औषध सम्बन्धी १ हजार १ सय ५ मुद्दा दर्ता भएका थिए।

सम्बन्धित समाचार

ताजा समाचार