काठमाडौं । विभागले सूचना जारी गरेर शुक्रबारसम्म सडक बन्द हुने जनाएको छ। त्रिभुवन राजपथको नागढुंगा – नौबिसे सडक स्तरोन्नतिको काम अझै बाँकी भएकाले थप पाँच दिन सडक बन्द गरिने विभागले जनाएको छ ।
विभागले रातिको समयमा यातायात बन्द गरेर स्तरोन्नतिको काम हुँदै आएको थियो । बर्खाअघि नै सडक स्तरोन्नति सक्न दिउँसोको समयमा पनि यातायात बन्द गरेर काम भइरहेको छ।
विभागले सूचना जारी गरेर दिउँसोको समयमा उक्त सडक खण्ड बन्द हुने भएकाले साना सवारीसाधनलाई सीतापाईला – रामकोट – धार्केसडक र सामाखुसी – टोखा – छहरे – त्रिशुली – गल्छीसडक वैकल्पिक रूट प्रयोग गर्न भनिएको छ।

