मङ्ल, बैशाख २२, २०८३

सीमान्तकृत समुदायका मुक्त कमैयालाई कृषि उपकरण

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारको लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र बाँकेले स्प्रे, बिरुवा राख्ने ट्रे, विषादी, धान र तरकारीको बीउलगायतका कृषि उपकरण मुक्त कमैयालाई निःशुल्क वितरण गरेको छ ।

जिल्लाको बैजनाथ गाउँपालिका–५ का ३२ घर मुक्त कमैयालाई स्प्रे, बिरुवा राख्ने ट्रे, विषादी, धान र तरकारीको बीउलगायतका कृषि उपकरण वितरण भएको हो ।

कृषि ज्ञान केन्द्र, बाँके र प्रदेश सरकारले सो कार्यक्रम सीमान्तकृत समुदायका घरपरिवारलाई छनोट गरेर आयआर्जन बढाउन एउटा परिवारका लागि रु १२ हजार बराबरको कृषि उपकरणसहित बीउ बीजन निःशुल्क वितरण गरिएकोछ ।

ज्ञान केन्द्रले यसअघि विपन्न परिवारका डुडुवा गाउँपालिका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका किसानलाई पनि वितरण गरेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार