मङ्ल, बैशाख २२, २०८३

रोल्पाका एक वडा अधयक्षले गाउँपालिकालाइ दिए कडा चुनौती।

रोल्पा जिल्लाको थबाङ गाउँपालिका–२ का वडा अध्यक्ष अभिलाषा रोका मगरले वडा कार्यालय बन्द गर्दै साँचो गाउँपालिकालाई बुझाउनु भएको छ ।

वडा अध्यक्ष रोका मगरका अनुसार गाउँपालिकाअन्तर्गत पर्ने ग्रामिण सडक लामो समयदेखि अवरुद्ध हुँदा समेत समयमै सञ्चालनमा नआउनु, केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा निरन्तर ढिलासुस्ती हुनु लगायतका विकास निर्माणका काममा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका कार्यालयले कुनै चासो नदेखाएको कारण यस्तो कदम चाल्नुपरेको हो ।

उहाँले जनताको माग र समस्या बेवास्ता गरिएको भन्दै भोलि कार्तिक १३ गतेदेखि वडा कार्यालय बन्द गरी साँचो गाउँपालिकालाई बुझाउने र ती मागहरू तत्काल पूरा नभए वडा अध्यक्ष पदबाट राजीनामा दिने चेतावनी दिनुभएको छ ।

रोका मगरले भन्नुभयो, “जनताको माग र गुनासोमा ध्यान नदिँदा म पनि जनताकै पक्षमा उभिन बाध्य भएको छु । गाउँपालिकाले तत्काल समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्छ।”

उहाँका अनुसार लामो समयदेखि स्थानीय जनतालाई दैनिक सेवा, आवतजावत र विद्युतीय सुविधामा समस्या परे पनि गाउँपालिकाले कुनै पहल नगरेपछि आफूले यो कदम चाल्न बाध्य भएको हो ।

यस विषयमा थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरले आफूलाई उक्त घटनाबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो, “म अहिले पालिकाको केन्द्र भन्दा बाहिर छु । यो विषयमा म अनविज्ञ छु । पालिकाको केन्द्र पुगेपछि मात्रै यसबारे थप कुरा थाहा हुनेछ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार