सिन्धुली । सिन्धुली जिल्लामा नौ वटै स्थानीय तहले मङ्गलबार आगामी आर्थिक बर्ष ०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट गाँउसभा मार्फत साबर्जनिक गरेका छन् ।
स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार निर्माण, पर्यटन र रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्बजनिक गरेका छन् । उनीहरुले वस्ती तथा वडास्तरबाट सङ्कलन भई आएका योजना र लक्षित समूह लगायत विषयगत क्षेत्रसँग लिईएको सुझावको आधारमा नीति तथा कार्यक्रम र बजेट तयार गरि साबर्जनिक गरिएको जनाएका छन् ।
कानूनी रूपमा असार १० गतेसम्म आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट परिषद्मा टेबल गर्नुपर्ने प्रावधान अनुसार स्थानीय तहले यो बर्ष समयमा नै बजेट ल्याएको जनाएका छन । सबैभन्दा बढी कमलामाई नगरपालिका र त्यसपछि दुधौली नगरपालिकाले बजेट सार्बजनिक गरेका छन् । कमलामाई नगरपालिकाले एक अर्ब २९ करोड ५९ लाख ४० हजार १६० रुपिया बराबरको अनुमानित बजेट साबर्जनिक गरेको छ ।
दुधौली नगरपालिकाले एक अर्ब १४ करोड २३ लाख ९७ हजार रुपिया बराबरको अनुमानित बजेट साबर्जनिक गरेको छ । उक्त बजेट मध्ये चालु तर्फ ७४ करोड २५ लाख ५८ हजार ५० रुपिया र पूजीगत तर्फ ३९ करोड ९८ लाख ३८ हजार ९५० रुपिया रहेको छ ।
हरिहरपुरगढी गाँउपालिकाले आगामी आर्थिक बर्ष ०८२÷०८३ का लागि ६१ करोड १३ लाख ५५ हजार ९३७ रुपिया बराबरको अनुमानित बजेट साबर्जनिक गरेको छ । उक्त बजेट मध्ये चालु तर्फ ४४ करोड दुई लाख ५५ हजार ९३७ रुपिया र पूजीगत तर्फ १७ करोड ११ लाख रुपिया रहेको छ ।
मरिण गाँउपालिले आगामी आर्थिक बर्ष ०८२÷०८३ का लागि कुल ७६ करोड १३ लाख ७८ हजार आठ सय रुपिया अनुमानित बजेट गाँउसभामा साबर्जनिक गरेको छ । उक्त बजेट मध्ये चालु तर्फ ५१ करोड आठ लाख ४६ हजार आठ सय रुपिया र पूजीगत तर्फ २५ करोड पाँच लाख ३२ हजार रुपिया रहेको छ ।
सुनकोसी गाँउपालकाले ६६ करोड ५१ लाख ६० हजार ९४७ रुपिया बराबरको अनुमानित बजेट सार्बजनिक गरेको छ । उक्त बजेट मध्ये चालु तर्फ ४८ करोड छ लाख १० हजार ९४७ रुपिया र पूजीगत तर्फ १८ करोड ४५ लाख ५० हजार रुपिया रहेको छ । तीनपाटन गाँउपालिकाले ८५ करोड ३३ लाख ११ हजार १६१ रुपिया अनुमानित बजेट सार्बजनिक गरेको छ । उक्त बजेट मध्ये चालु तर्फ ४८ करोड ७५ लाख ६५ हजार र पूजीगत तर्फ ३६ करोड ५७ लाख ४६ हजार १६१ रुपिया प्रस्ताब गरिएको छ ।
फिक्कल गाँउपालिकाले ५५ करोड ५० लाख रुपियाको अनुमानित बजेट सार्बजनिक गरेको छ । उक्त बजेट मध्ये चालु तर्फ ४४ करोड र पूजीगत तर्फ ११ करोड ५० लाख रुपिया प्रस्ताब गरिएको छ । घ्याङलेख गाँउपालिकाले ४४ करोड २६ लाख ५० हजार ७९४ रुपिया अनुमानित बजेट सार्बजनिक गरेको छ । उक्त बजेट मध्ये चालु तर्फ २९ करोड १५ लाख २२ हजार ७९४ रुपिया र पूजीगत तर्फ १५ करोड ११ लाख २८ हजार रुपिया रहेको छ । गोलन्जोर गाँउपालिकाले ६२ करोड ५१ लाख दुई हजार ३१० रुपिया अनुमानित बजेट सार्बजनिक गरेको छ ।
सबै स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम र बजेट

