काठमाडौं । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटमा भएको विस्फोटमा ८४ वर्षीय श्रीनारायण सिंह राजपुतको २२ वर्षीय छोरा त्रिलोकप्रताप सिंह (पिन्टु) मारिएका थिए। सो क्रममा श्रीनारायण आफैं घटनास्थल पुगेका साक्षी हुन्। छोराको खोजी गर्दै उनी बिहारको सितामढीसम्म पुगे, तर छोरा कहिँ फेला परेन । छोराको हत्या भएकोमा श्रीनारायण पक्का छन् ।
विस्फोटमा घाइते र मृत व्यक्तिहरूलाई इँटाभट्टामा हालेर जलाइएको भन्ने आरोप लागेको थियो। रौतहटको बहुचर्चित बम विस्फोट घटनामा दोषी ठहरिएका पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई उच्च अदालतले सफाइ दिएको छ । तर उच्च अदालत वीरगञ्जको फैसलाले उनको घाउ फेरि बल्झिएको छ। त्यस दिनदेखि न्यायका लागि उनी निरन्तर संघर्षरत छन् ।

