काठमाडौं । शुक्रबार बिहान न्याय परिषदको सम्पन्न बैठकले उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीशका रूपमा सिफारिस सूचीमा राजन प्रसाद भट्टराई, लालबहादुर कुँवर , हरिप्रसाद भण्डारी र राजेश्वर तिवारी परेका छन्।
परिषदको सिफारिस अनुसार प्रधानन्यायाधीशले उनीहरूलाई नियुक्त गर्नेछन र कार्यक्षेत्र समेत तोकिएको छ । भट्टराईलाई उच्च अदालत विराटनगर, कुँवरलाई पाटन , भण्डारीलाई सुर्खेत र तिवारीलाई तुलसीपुर उच्च अदालतमा कार्यरत गराउने निर्णय भएको छ ।
परिषदको शुक्रबारको बैठकले बैदेशिक रोजगार न्यायाधीकरणमा कार्यरत उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगीलाई बीरगञ्ज इजलासमा सरुवा गरिएको छ । हेटौंडा इजलासमा कार्यरत न्यायाधीश डा. शान्ता शेढाई सापकोटालाई बैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष तोकिएको छ ।

