विर्तामोड । नेपाली चलचित्र ‘परिवर्तन’को शुभ मुहूर्त झापा चारआलीस्थित पाथीभरा मन्दिरमा पूजा-अर्चनासहित सम्पन्न भएको छ । मुहूर्तसँगै चलचित्रको छायाङ्कन पनि सुरु भएको छ । मुहूर्त समारोहमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले पहिलो सट दिए । विजय केरुङले निर्देशक गर्ने यस चलचित्रमा अभिनेता श्रेष्ठ र अभिनेत्री बराइलीको भूमिका रहेको छ । चलचित्रको छायाङ्कन करिब ४० दिनसम्म पूर्वी नेपालका विभिन्न स्थानहरू झापा, विराटनगर र इलाममा गरिने र यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य निर्देशक केरुङको छ ।

