काठमाडौं । नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्षको हिरक जयन्ती अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएकी छिन् । न्यायाधीश मल्लले सरकारी विद्यालयमा गुणात्मक शिक्षामा लगानी बढाउन आग्रह गरिन् ।

