काठमाडौं । अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी…’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङ / माष्टरिङ ,उत्तम श्रेष्ठ (शिशिर) को निर्देशन, श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गी फिचरिङ, विशाल थापा र अन्य टिमको सिनेमेटोग्राफी ,मीन रावलको दृश्य सम्पादन, विशाल कैनीको कोरियोग्राफी रहेको भिडियो ओ.एस.आर. डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
गायिका चौधरीका थुप्रै गीत श्रोता / दर्शकको रोजाइमा पर्न सफल भएका छन् । चौधरीले थुप्रै नेपाली साथै हिन्दी गीत पनि गाउनुभएको छ ।
सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो पस्केका छौँ, प्रतिक्रियाका साथै सपोर्टको अपेक्षा गर्दछौ’, आराध्यालक्ष्मीले भन्नुभयो । आराध्यालक्ष्मीले नेपाली चलचित्रमा पनि अभिनय गर्नुभएको छ । उहाँले मह जोडी, धिरने शाक्य लगायतसँग अभिनय गर्नुभएको छ । कोरियोग्राफरमा पनि कुशल आराध्यालक्ष्मी हालै ‘आमा आज पनि रुन्छिन ’मा अनुबन्धित हुनुभएको छ । उहाँले हालै अवार्ड पनि पाउनुभएको थियो । आराध्यालक्ष्मीले निर्देशन र कोरियोग्राफमा वर्ल्ड बुकअफ रेकर्ड पनि राख्नुभएको छ । उहाँले गीत प्लेनभित्र विमोचन र प्यारागलाइडिङमा बाट विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

