काठमाडौं । जनमत समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमाले गठबन्धनलाई आफ्नो पार्टीको समर्थन रहने बताएका छन् ।
यद्यपि, नयाँ सत्ता सहकार्यको विषयमा गाइँगुइँ कुरा भएपनि आफूहरूसँग औपचारिक रूपमा छलफल भने नभएको उनले बताएका हुन् । प्रचण्डले सत्ता जोगाउन आफ्नो पार्टी फुटाइदिएको भन्दै उपेन्द्रले असन्तुष्टि पोख्दै आएका छन् ।
उनले भने, ‘हामीसँग छलफल नभएपनि हाम्रो समर्थन, सहयोग र साथ रहन्छ ।’

