मङ्ल, बैशाख २२, २०८३

अग्नि सापकोटाविरुद्ध अपहरण तथा ज्यान मुद्दामा सर्वोच्च अदालतको उत्प्रेषण आदेश

काठमाडौं । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको माओवादी युद्धका बेला अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै अर्जुनकी पत्नी पूर्णिमाया लामा, सुशील प्याकुरेल र कनकमणि दीक्षित समेतले रिट दायर गरेका थिए ।
अपहरण तथा ज्यान मुद्दामा सर्वोच्च अदालतले उत्प्रेषण आदेश जारी गरेको छ । संवैधानिक इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामाथिको सुनुवाइ आज सकिएसँगै आदेश आएको हो ।
आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार रेग्मी र कुमार चुँडालको संवैधानिक इजलासले पूर्णिमायाको पक्षमा उत्प्रेषणयुक्त आदेश दिएको हो । मुद्दा दर्ता २०६८ असार ६ गते भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार