काठमाडौं । आज सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अल्पकालीन आदेश दिँदै छलफल गर्न रिट निवेदक र यातायात व्यवसायी दुवै पक्षलाई न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बोलाएकोछ ।
सार्वजनिक यातायात ठप्प पारी यातायात व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन गरेको भन्दै अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । हिजो नै आन्दोलन फिर्ता लिइसकेका छन् यातायात व्यवसायीहरूले ।

