मङ्ल, बैशाख २२, २०८३

प्रतिनिधि सभाका ४ सांसद निलम्बनमा रहँदा १ जना फरार

काठमाडौं । बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेको छ । २७५ सदस्यीय प्रतिनिधि सभाका ४ सांसद निलम्बनमा रहँदा १ जना फरार रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछाने सम्पति शुद्धीकरणको मुद्दा भएसँगै उनी निलम्बनमा परेका हुन् ।
नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन् ।
नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेत टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै सांसद पद् स्वतः निलम्बनमा परेको हो ।
सहकारीको बचत अनियमितताको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत एक वर्षदेखि फरार छिन् ।

सम्बन्धित समाचार

ताजा समाचार