मङ्ल, बैशाख २२, २०८३

आज मुकुटको होइन – मुलुकको हितले स्थान पाएको दिन – प्रधानमन्त्री ओली भन्नूहून्छ

काठमाडौं । आज १८औं गणतन्त्र दिवस , मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नूहून्छ ‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, ‘जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन ।’
आज १८औं गणतन्त्र दिवस टुँडिखेलमा विशेष कार्यक्रम रहनेछ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत सरकारी उच्च पदस्थ व्यक्तिहरुको सहभागिता हुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार