काठमाडौँ । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग जोडिएको घटनामा आफ्नो नाम जोडेर नियोजित र षड्यन्त्रपूर्वक झुटा प्रचार गरिएको भन्दै आपत्ति जनाए। आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा कुनै पनि आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिने स्पष्ट घोषणा गरेका छन्।
मन्त्री लेखकले भने, त्रिभुवन विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषयमात्रै होइन, मेरो सम्पूर्ण सार्वजनिक जीवनमा यदि एउटामात्रै पनि आर्थिक अनियमितता प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाटै राजीनामा दिन्छु ” भन्दै आपत्ति जनाए।
“गृह मन्त्रालय यति ठूलो छ, यहाँ हजारमा होइन लाखमा कर्मचारी छन्। कुनै बेला कुनै कर्मचारीमाथि अनुसन्धान हुनसक्छ, तर त्यसका आधारमा मन्त्रीले राजीनामा दिँदै जाने परम्परा बसाउनु गलत हो,” मन्त्री लेखकको भनाइ छ।

