मङ्ल, बैशाख २२, २०८३

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ।नयाँ मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ।

नयाँ मूल्य अनुसार, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज जस्ता प्रमुख आपूर्ति केन्द्रहरूमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ भने, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँमा झरेको छ। सुर्खेत र दाङ जस्ता पहाडी क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ र डिजल तथा मट्टीतेल प्रतिलिटर १४८ रुपैयाँ तोकिएको छ। काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ।

नयाँ मूल्यको प्रभावले लामो दूरीका यातायात सेवाहरूमा भाडादरमा केही कमी आउने अपेक्षा गरिएको छ। साथै, दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा पनि सकारात्मक असर पर्न सक्ने बताइएको छ। आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले उपभोक्ताहरुलाई राहत दिने उद्देश्यले मूल्य घटाएको जनाएको छ।

सरकारले इन्धनको मूल्य समायोजन गर्दा करको संरचनामा परिवर्तन हुने वा अनुदान नीति लागू हुने सम्भावना पनि रहेको छ। यसअघि मूल्यवृद्धिले जनता बीचमा असन्तुष्टि बढाएको थियो, जसलाई ध्यानमा राख्दै मूल्य समायोजन गरिएको हो।

सम्बन्धित समाचार

ताजा समाचार