रास्वपा बझाङको बित्थडचिरमा प्रेम बोहराको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत ।
सुसिल ओखेडा,
बझाङ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङको बित्थडचिर गाउँपालिकामा पार्टीको संगठन विस्तार गर्ने उद्देश्यका साथ एक महत्वपूर्ण भेला सम्पन्न भएको छ। उक्त भेलाले प्रेम बोहराको अध्यक्षतामा ११ सदस्यीय पालिका समिति सर्वसम्मत चयन गरेको छ।
पार्टीका स्थानीय कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थितिमा भएको भेलाले बोहराको नेतृत्वमा एक ऊर्जाशील र समावेशी कार्यसमिति चयन गरेको हो। यस नयाँ कार्यसमितिको गठनले बित्थडचिरमा रास्वपाको गतिविधि अझ सशक्त हुने विश्वास गरिएको छ।
नवगठित समितिका पदाधिकारीहरूमा उपसभापतिमा विनोद धामी, सचिवमा गोविन्द बोहरा, सह-सचिवमा करण ब. बोहरा र कोषाध्यक्षमा भागीरथी जोशी चयन भएका छन्।
त्यसैगरी, समितिका सदस्यहरूमा पुरिना कु. ढाट, हिरा बोहरा, नरेश महर, दिनेश अधिकारी, मान ब. ढाट र रमेश बोहरा रहेका छन्। यी सदस्यहरूले गाउँपालिकामा पार्टीका नीति, सिद्धान्त र उद्देश्यहरूलाई जनतासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
भेलाका सहभागीहरूले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। यो नयाँ समितिले बित्थडचिर गाउँपालिकामा रास्वपाको संगठनलाई अझ सुदृढ गर्दै स्थानीय जनताका समस्या र आवश्यकतामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएको
सामाजिक न्यायका लागि दलित महाअभियान केन्द्रीय समिति भारतका सचिव सुसिल ओखेडाले जानकारी दिनुभएको छ।

