मङ्ल, बैशाख २२, २०८३

जीवन विकास अस्पताल उद्घाटनमा प्रधानमन्त्री ओली विराटनगर जादैँ

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली दिउँसो १ बजे नेपाली सेनाको हेलिकप्टरमा विराटनगर जादैँ छन् । जीवन विकास समाज मोरङको कटहरी गाउँपालिका -२ मा २ अर्ब लागतमा २०० बेड निर्माण क्षमता भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर जान लागेका हुन् ।
अस्पतालका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले स्वास्थ्य सेवामा सामाजिक न्याय र सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने जानकारी दिए ।
प्रधानमन्त्री ओली अस्पताल उद्घाटनपछि दिउँसो ३ बजे फर्कने कार्यक्रम छ ।

सम्बन्धित समाचार

ताजा समाचार