बुध, कार्तिक १२, २०८२

हेम पाठक द्वारा लिखित “भ्रस्टाचारको चपेटामा रुन्छिन नेपाल आमा: बोलको गीत सार्बजनिक

 भाद्र २५ काठमाडौं ; बिगत २० वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका र हेम सरिता पाठक फाउन्डेसन द्वारा सेवा भाव गरिरहेका हेम पाठकले आफ्नै शब्द रचना र लयमा तयार गरेको भ्रस्टचार को चपेटा मा रुन्छिन नेपाल आमा बोलको गीत सार्वजनिक गरेका छन्|
गीतमा स्वर कुन्ती मोक्तान र शिशिर योगीले दिएका छन् भने यस गीतमा संगीत शिशिर योगीले भरेका छन् |
 यस गीतलाई निर्देशन सुदन केसीले गरेका छन् साथै कलाकारहरु किरण के सी ,बिद्या कार्की ;राजु भुजु ,आर के मानन्धर मुकुन्द  अधिकारी  किरण तुलाधार र रेश्मा श्रेष्ठ को अभिनय रहेको छ |
गीतमा भ्रस्टाचार को बारेमा बताइएको छ भने गीतको सार्थकता नेपालमा बढिरहेको कुतिथि र भ्रस्टाचार संग मेल खाने गरि श्रव्यदृश्य पनि तयार गरिएको छ |
गीतका सर्जक हेम पाठकले अब गीत मा मात्र नभएर साच्चै नै देशलाई भ्रस्टाचार मुक्त बनाउन अभियान पनि चलाउने जानकारी दिनु भएको छ |
आफ्नै अर्धान्गिनी र आफ्नो नाम बाट राखेको हेम सरिता फाउन्डेसन मार्फत बिगत एक दशक भन्दा बडी समय देखि भ्रस्टाचार बिरुद्द अभियान चलाइरहेको जानकारी पनि गित सार्वजनिक गर्ने बेला सबै जानकारी गराउनु भएको छ|
देशमा गरिबी अति नै चरम रुपमा बढिरहेको बेला हेम पाठकले लेख्नु भएको गीत ले हाल बर्तमान अवस्थामा नेपालमा बिग्रिरहेको राजनीति र राजनीतिज्ञहरुले गरिरहेको भ्रस्टाचारलाइ छर्लंग दर्साएको छ |
कलाकार किरण केसी [रातामकै]र प्रा डा.सुरेन्द्र केसी लगाएत अन्य सामाजिक अभियन्ताहरुले पनि भ्रस्टाचार बिरुद्द हेम पाठकले चलाउन लागेको अभियानमा पूर्ण समर्थन गर्ने र अभियान लाइ अघि बढाउँन आफुहरुले जस्तो सुकै कदम चाल्न परेपनि पछी नहट्ने प्रतिवद्दता जनाएका छन् |
उक्त समारोहमा कलाकार मदन कृष्ण श्रेष्ठ ,मनिषा कोइराला, राजनीतिज्ञ रबिन्द्र मिश्र नेपाल आयल निगमको पुर्व सचिब लगाएत अन्य प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो |
गीत हेर्नको लागि तल दिईएको लिंकमा क्लिक गर्नुहोस ;
https://youtu.be/RTMYGpvDfAU?si=IndBiqpOLCHfaE6y

सम्बन्धित समाचार

ताजा समाचार