काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेसंगै रातारात एक रात पनि समीकरण टिक्न नदिएको जिकिर गरेका छन् ।
सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘तपाईंहरु नै फाइल खोल्नुपर्यो भन्नुहुन्थ्यो । भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो, यसलाई के भन्नु र मैले ?’
भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सत्ता समीकरण फेरियो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘यो बेचैनीको अर्थ के होला रु यसको के अर्थ होला रु एकाएक संविधान जोगाउन सक्ने चिन्ता कहाँबाट आयो रु यो त सबैले बुझेकै कुरा हो । अब यसको संवैधानिक प्रक्रियाहरु सुरु होला ।’
दुई ठूला दल मिलेपछि देशमा अहिले के संकट आउँदैछ भन्दै उनले प्रश्न गरे ।
उनले भने, ‘अहिले सुशासनका लागि केही मान्छेहरु पक्राउ परे ? यो देशका लागि संकट थियो कि केही भ्रष्ट मानिसहरुलाई आउन लागेको थियो । कसलाई जोगाउन खोज्या यो ? कसलाई जोगाउन रातारात परिवर्तन भयो होला रु यति पनि बुझ्न सकिँदैन र ? जनताले राम्रोसँग बुझेका छन् ।’

