आइत, असार २१, २०८३

ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति भएको नेकपा एसको टिप्पणी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति भएको टिप्पणी गरेको छ ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले संसदका कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि तानाशाही प्रवृत्ति भएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘बहुदलीय राजनीतिको अपचलन संस्कृति हो। मुलुकलाई अस्थिरताको चक्रब्यूहमा फसाउने काम हो। दुई ठूला दल मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो । यो लोकतन्त्रका निम्ति पनि खतरा हो । प्रणालीलाई कमजोर पार्ने काम भएको छ ।’

सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा अस्वीकार्य भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार