काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पदाधिकारी बैठक बोलाएको छ ।
आज दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएको हो । सत्ता समीकरण बदलिने भएपछि त्यसबारे छलफल गर्न राप्रपाले बैठक बोलाएको हो ।
प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो । परिवर्तित राजनीतिबारे धारणा बनाउन पदाधिकारी बैठक बोलाइएको उनको भनाइ छ ।
सोमबार मध्यरातमा कांग्रेस(एमालेबीच गठबन्धनको सहमति भएपछि अरु दलहरूले पनि छलफलमा जुटेका छन् ।

