मङ्ल, बैशाख २२, २०८३

ओली र देउवालाई बालेनको व्यंग्य- काले काले मिलेर खाऊ भाले

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार चलाउने सहमति भएपछि व्यंग्य गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा दुवै दलका शीर्ष नेताको तस्वीर राख्दै बालेनले लेखे ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’
महानगर प्रमुख बालेनले पछिल्लो समय गिरीबन्धु टी(स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । केही समयअघि उनले उक्त प्रकरणमा कुनै पनि सत्ता बार्गेनिङ नगरी तत्काल पहलकदमी आवश्यक रहेको बताएका थिए ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच गएराति नयाँ सरकार सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार