मङ्ल, बैशाख २२, २०८३

सरकारलाई प्रदीप पौडेलको प्रश्न- ट्रायल दिएको वर्ष दिनसम्म लाइसेन्स किन आउँदैन ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ट्रायल पास गरेकाहरूले स्मार्ट लाइसेन्स नपाएको भन्दै प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ट्रायल पास भएको वर्ष दिनसम्म पनि सवारी लाइसेन्स नआउने गरेको बताए ।

‘स्मार्ट लाइसेन्स दिने भनेर काम गरेको एक दशक भइसक्यो, छिटो छरितो काम हुन्छ भने पनि उल्टो भयो । ट्रायल दिएको वर्षदिनसम्म लाइसेन्स आउँदैन । आएकाको पनि फोटो प्रष्ट नहुँदा चेकिङमा समस्या परेको सुनिन्छ,’ उनले भने ।

उनले लाइसेन्स नहुँदा राजस्व तिरेको भौचरबाट काम चलाउनुपर्ने बाध्यता रहेको पनि बताए ।
प्रदेशहरूबाट पनि लाइसेन्स छपाइको व्यवस्था गर्न सरकारलाई उनको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार