मङ्ल, बैशाख २२, २०८३

बीआरआईबारे कांग्रेसको अडान- अनुदानलाई कांग्रेसले सहर्ष स्वीकार गर्दछ, ऋण लिन सक्षम छैनौं

काठमाडौं । नेपाली कांग्रेसले चिनिया सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनामा अनुदान मात्र स्वीकार्य हुने बताएको छ ।

सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा बीआरआई कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर गर्ने सरकारको तयारीबारे छलफल भएको थियो । बीआरआई र त्यस अन्तर्गतका परियोजनाबारे आफूहरु नकारात्मक नभएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।
तर नेपाल सरकारको क्षमताका आधारमा अहिले अनुदान मात्र लिनुपर्ने आफूहरुको धारणा रहेको भन्दै उनले भने, अनुदानलाई नेपाली कांग्रेस सहर्ष स्वीकार गर्दछ, तर ऋण लिन सक्षम छैनौं ।’

चीन सरकारलाई पनि अनुदानका लागि आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार